एजेन्सी। भारत पश्चिम बङ्गालको पूर्वी बर्धमानको शक्तिगढमा शनिबार साँझ भाजपा नेता राजु झाको गोली हानी हत्या भएको छ ।
शीर्ष अधिकारीका अनुसार भाजपा नेता तथा दुर्गापुरका व्यापारी राजु झा आफ्ना केही सहकर्मीसँग कोलकाता जाँदै गरेको बेला गोली प्रहार भएको थियो। शक्तिगढ क्षेत्रमा रहेको मिठाई पसल बाहिर अपरिचित व्यक्तिले आक्रमण गरेका बीबीसी हिन्दीले जनाएको छ ।
बर्धमानका एसपी कमनसिस सेनले भने, “गाडीमा राजु झासहित तीन जना सवार थिए। हत्याको कारण भने खुल्न सकेको छैन। सम्पूर्ण घटनाको गहन अनुसन्धान भइरहेको छ।”
प्रहरीका अनुसार घटनापछि भाजपा नेतालाई हतारमा नजिकैको अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनामा घाइते भएका अन्यको उपचार भइरहेको छ ।
वाम मोर्चाको शासनकालमा झामाथि सिलपञ्चलमा अवैध कोइला व्यवसाय सञ्चालन गरेको आरोप लागेको थियो । उनीविरुद्ध तृणमूल सरकारमा पनि धेरै मुद्दा दर्ता भएका थिए ।
उनी डिसेम्बर २०२१ मा भएको अन्तिम विधानसभा चुनाव अघि प्रदेश अध्यक्ष दिलीप घोषको उपस्थितिमा भाजपामा सामेल भएका थिए।
Facebook Comment
Comment