काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि तीनवटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तोकेको छ। आयोगले बिहीबार मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको हो ।
न्याय परिषद्को परामर्शमा चैत १८ गतेदेखि लागू हुनेगरी चितवन क्षेत्र नं. २ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश वासुदेव न्यौपाने मुख्य निर्वाचन अधिकृत नियुक्त भएका छन् । यो रास्वपा सभापति रवि लामिछाने पदमुक्त भएपछि उपनिर्वाचन हुन लागेको क्षेत्र हो।
यस्तै, बारा क्षेत्र नं. २ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश मुकेश उपाध्यायलाई आयोगले मुख्य निर्वाचन अधिकृत तोकेको छ। यो उपराष्ट्रपति रामसहाय यादवको निर्वाचन क्षेत्र हो।
यसैगरी, आयोगले तनहुँ क्षेत्र नं. १ का लागि कोमलप्रसाद आचार्यलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ। यो राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र हो।
मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने आयोगले जनाएको छ। उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको छ।
Facebook Comment
Comment