फुटबल खेलाडी पलायन हुने क्रम जारी : सुजल र रंजित पनि अष्ट्रेलिया जाँदै

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने उपयुक्त समय रहेको भन्दै सुजलले ११ वर्षमा ५१ खेल खेलेपश्चात राष्ट्रिय टोलीबाट सन्यास लिएका हुन्।

नेपालभ्युज

फुटबल खेलाडी पलायन हुने क्रम जारी : सुजल र रंजित पनि अष्ट्रेलिया जाँदै

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका खेलाडी सुजल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।

सुजलले बिहीबार आफ्नो सामाजिक संजाल फेसबुकमार्फत राष्ट्रिय टोलीबाट सन्यास लिएको घोषणा गरेका हुन्।

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने उपयुक्त समय रहेको भन्दै सुजलले ११ वर्षमा ५१ खेल खेलेपश्चात राष्ट्रिय टोलीबाट सन्यास लिएका हुन्।

सुजलले आफ्नो जिम्मेवारी गर्व र जोशको साथ निर्वाह गरेको उल्लेख गरे। उनले नेपाली टोलीका युवा क्षमतावान खेलाडीहरुले देशको झण्डा झुक्न नदिने विश्वास व्यक्त गरेका छन्।

सुजलले सन् २०११ मा भुटानविरुद्धको खेलमा नेपाली टोलीमा डेब्यू गरेका थिए।

यस्तै सुजल राष्ट्रिय टोलीका अर्का खेलाडि रंजित धिमाल बिहीबार राति अष्ट्रेलिया जाँदैछन्। शहिद स्मारक ए डिभिजन लिगको पाँचौँ चरणसम्म मछिन्द्रका लागि मिडफिल्डर सुजल र डिफेन्डर रंजितले सहभागिता जनाएका थिए।

दुवै खेलाडीले मछिन्द्रलाई लगातार २ पटक लिगको उपाधि जिताउन उल्लेखनीय भूमिका खेलेका थिए।

पछिल्लो समय राष्ट्रिय खेलाडी विदेश पलायन हुने क्रम बढेको छ । करिब १ दर्जन राष्ट्रिय खेलाडी अष्ट्रेलिय पुगिसकेका छन् । गत महिनामात्र संकटाका सुनिल बल अष्ट्रेलिया उडेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved