देशका धेरै ठाउँमा घाम, केही ठाउँमा बदली

नेपालभ्युज

देशका धेरै ठाउँमा घाम, केही ठाउँमा बदली
फाइल तश्वीर

काठमाडौं। पश्चिमी वायु र स्थानीय वायुका कारण केही दिनदेखि बदली भएको मौसम आज विहीबारदेखि खुलेको छ ।

आज देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । आज पानी पर्ने खासै सम्भावना छैन । तर स्थानीय वायु सक्रिय भए बेलुकीपख पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने अनुमान छ । अन्य क्षेत्रमा मौसम सामान्यतया सफा नै रहने छ । विशेषगरी कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जन र चट्याङ पर्ने अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved