तिलोत्तमा गोल्डकप : थ्री स्टारलाई हराउँदै सुदूरपश्चिम ११ फाइनलमा प्रवेश

नेपालभ्युज

तिलोत्तमा गोल्डकप : थ्री स्टारलाई हराउँदै सुदूरपश्चिम ११ फाइनलमा प्रवेश

लुम्बिनी । बुटवलमा जारी तिलोत्तमा गोल्डकपको फाइनलमा सुदूरपश्चिम-११ प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम-११ थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको ४०औँ मिनेटमा सुदूरपश्चिम-११ का  फागुराम थारुले गोल गर्न सफल भएका थिए । यही गोलसँगै सुदूरपश्चिम–११ पहिलो पटक तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।

आजको खेलमा सुदूरपश्चिम–११ का विष्णु चौधरीले म्यान आफ दि म्याचको उपाधि प्राप्त गरी रु ११ हजार एक सय ११, यति हेल्मेट र करेन्ट चाउचाउ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको बिहीबार दोस्रो सेमिफाइनल खेल फ्रेण्ड्स क्लब र मनाङ मस्र्याङ्दीका बीच दिउँसो ३ः३० बजे हुनेछ ।

रुपन्देही जिल्ला फुटबल सङ्घको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको २२औँ संस्करणको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित आठ टिम सहभागी भएको प्रतियोगिताको विजेताले रु ११ लाख ११ हजार एक सय ११ र उपविजेताले रु पाँच लाख ५५ हजार पाँच सय ५५ नगद पुरस्कार पाउने संघले जनाएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved