कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गयो, २८ जना घाइते

गएराति बर्दगोरिया गाउँपालिका–६ सुगरखालमा पास्नी भोज खाएर फर्किने क्रममा से १ त ८८७० नम्बरको ट्र्याक्टर भजनी नगरपालिका–२ मा ट्र्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

नेपालभ्युज

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गयो, २८ जना घाइते

कैलाली। कैलालीको भजनीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् ।

दुर्घटनामा भजनी–९ की १४ वर्षीया चाहना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घाइतेहरुको घोडाघोडी अस्पताल र बर्दगोरियामा उपचार भइरहेको छ । गएराति बर्दगोरिया गाउँपालिका–६ सुगरखालमा पास्नी भोज खाएर फर्किने क्रममा से १ त ८८७० नम्बरको ट्र्याक्टर भजनी नगरपालिका–२ मा ट्र्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते भएका भजनी नगरपालिका–९ का कृष्णीदेवी डङ्गौरा, रत्ना चौधरी, आशादेवी डङ्गौरा, विपिन चौधरी, फूलराम चौधरी, हीरा चौधरी, रीता चौधरी, क्षितिज चौधरी, रीया चौधरी, वीरेन्द्र चौधरी, सानु चौधरी, अपेक्षा चौधरी, सविन चौधरीको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।

यसै गरी, दुर्घटनामा दोहती डङगौरा, पेपी डङगौरा, ज्योति चौधरी, मगलु चौधरी, मेदी डङ्गौरा, रुपा, मधु, हिमान्सु, रिदिम, अनिता, तुन्नी, आरोही, ओलीचरण र रिवस चौधरी पनि घाइते भएका छन् ।

दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved