नव निर्वाचित उपराष्ट्रपतिको शपथ ग्रहण आज

नेपालभ्युज

नव निर्वाचित उपराष्ट्रपतिको शपथ ग्रहण आज
फाइल फोटो

काठमाडौं। नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज सोमबार पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनिर्वाचित यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा शपथ लिनेछन् ।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित हुनुभएको थियो । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गर्नुभएको थियो । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ३ मा सकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved