विहानैदेखि मौसम बदली, वर्षा र हिमपात हुँदै

नेपालभ्युज

विहानैदेखि मौसम बदली, वर्षा र हिमपात हुँदै
सांकेतिक तश्वीर

काठमाडौं। आज पनि देशका धेरै ठाउँमा वर्षा हुने भएको छ । देशभरकै मौसम बिहानैदेखि बदली भएको छ ।

आज सोमबार पनि काठमाण्डौसहित धेरैजसो पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना छ ।  पछिल्लो २४ घण्टामा लमजुङमा सबैभन्दा  धेरै वर्षा भएको छ । लमजुङमा ५० मिलिमिटर वर्षा भएको मापन गरिएको छ ।

पश्चिमी वायुको  प्रभाव पर्सिसम्म नै रहने देखिएकाले मौसम बदली हुने र पानी पर्ने क्रम पर्सिसम्म नै चल्ने महाशाखाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved