राहदानी प्रकरणमा रवि लामिछानेलाई उन्मुक्ति, मुद्दा चलाउन नपर्ने सरकारी वकिल कार्यालयको ठहर

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले राहदानी प्रकरणमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन नपर्ने निर्णय गरेको छ। प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन पठाएपछि जिल्ला सरकारी वकिल कार्यालयले फागुन ३० गते उक्त निर्णय गरेको हो।

नेपालभ्युज

राहदानी प्रकरणमा रवि लामिछानेलाई उन्मुक्ति, मुद्दा चलाउन नपर्ने सरकारी वकिल कार्यालयको ठहर

काठमाडौं। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले राहदानी प्रकरणमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन नपर्ने निर्णय गरेको छ। प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन पठाएपछि जिल्ला सरकारी वकिल कार्यालयले फागुन ३० गते उक्त निर्णय गरेको हो।

यसअघि विदेशी नागरिकता लिएको अवस्थामा पुरानै नेपाली नागरिकता लिएर नेपाली पासपोर्ट लिएको भन्दै उनीमाथी मुद्दा चलाउनुपर्ने भन्दै काठमाडौं प्रहरीमा जाहेरी परेको थियो। काठमाडौं जिल्ला सरकारी वकिलले लामिछानेले विदेशी नागरिक भइसकेको अवस्थामा पुरानै नेपाली नागरिकताको प्रयोग गरेर नेपाली पासपोर्ट लिएको देखिए पनि त्यसको दुरुपयोग भएको नदेखिएको बताएको छ।

नागरिकता र पासपोर्टसम्बन्धी कसुर गरेको भन्ने प्रमाणहरू भेट्न नसकिएको वकिल कार्यालयको जिकिर छ। जिल्ला सरकारी वकिल कार्यालयले सदरका लागि फाइल उच्च सरकारी वकिल कार्यालय पठाएको छ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले लामिछानेविरुद्ध मुद्दा चलाउन आवश्यक प्रमाणहरू नभेटिएकाले उक्त निर्णय गरिएको बताए।

उच्च सरकारी वकिल कार्यालयले सदर गरेर महान्यायाधिवक्ता कार्यालय पठाउनुपर्ने छ। अन्य उच्च सरकारी वकिल कार्यालयले मुद्दा चलाउनुपर्ने लागेमा जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने छ।

महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउनुपर्ने वा जिल्ला र उच्च सरकारी वकिल कार्यालयको निर्णय सदर गर्नुपर्ने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved