युरोपा लिग: युनाइटेड क्वार्टरफाइनलमा, आर्सनल बाहिरियो

नेपालभ्युज

युरोपा लिग: युनाइटेड क्वार्टरफाइनलमा, आर्सनल बाहिरियो

काठमाडौं।  म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति अन्तिम १६ को दोस्रो लेगको खेलमा रियल बेटिसलाई १-० गोलले र समग्रमा ५–१ को नतिजा सहित युनाईटेड अन्तिम ८ मा पुगेको हो ।

युनाईटेडको जितमा मार्कोस रासफोर्डले निर्णायक गोल गरे । यस सिजन युरोपा लिगमा रासफोर्डले ६ गोल पुरा गरेका छन् ।

युनाइटेड क्वार्टरफाइनलमा पुग्दा अर्को इंग्लिस टिम आर्सनल भने अन्तिम १६ बाटै बाहिरिएको छ।  दोस्रो लेगको खेलमा दुवै टिमले १–१ को गोलको बराबरी खेलेपछि नतिजा समग्रमा ३–३ को निस्किएको थियो ।

पेनाल्टी सुटआउटमार्फत भएको खेलको निर्णयमा आर्सनल ५–३ गोल अन्तरले पराजित बन्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved