लघुवित्त र बैंकविरुद्ध उद्योग व्यवसायी सडकमा

नेपालभ्युज

लघुवित्त र बैंकविरुद्ध उद्योग व्यवसायी सडकमा

काठमाडौं। देशभरिका उद्योगी व्यवसायीहरूले बैंक र लघुवित्तविरुद्ध सडकमा उत्रिएका छन् ।

उनीहरूले निकै अप्ठ्यारो परिस्थितिसँग जुधिरहेका बेलामा बैंकहरूले उद्योगी व्यवसायीहरूमाथि चर्को ब्याज असुलेको, कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समयसमेत नदिएको भन्दै व्यवसायीहरू बैंकविरुद्ध सडक सङ्घर्षमा उत्रिएका हुन् ।

केही समययता चर्को ब्याजविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेका व्यवसायीहरूले मंगलबार केन्द्रीय बैंक घेराउ गरेका छन् । बालुवाटारस्थित नेपाल राष्ट्र बैंङ्क पुगेका व्यवसायीहरूले व्यवसायीहरूको पीडा महसुस गर्न केन्द्रीय बैङ्कको ध्यानाकर्षण गराइरहेका छन् ।

देशभरबाट ७० भन्दा बढी जिल्लाका उद्योग व्यवसायी, मजदुरहरू बैङ्क विरुद्धको आन्दोलनमा बालुवाटारमा जम्मा भएको एक व्यवसायीले बताए ।

यसैगरी, यता लघुवित्तका ऋणीहरूले गरिब किसानलाई चर्को ब्याजमा ऋणको भारी बोकाएको भन्दै त्यसविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । उनीहरूले ¥यालीमार्फत लघुवित्त वित्तीय संस्थाहरूको दर्ता खारेजीको माग गरिरहेका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved