काठमाडौंसहित पहाडी क्षेत्रमा आज पनि चट्याङ्सहित पानी पर्ने

नेपालभ्युज

काठमाडौंसहित पहाडी क्षेत्रमा आज पनि चट्याङ्सहित पानी पर्ने

काठमाडौं। काठमाण्डौसहित पहाडी  क्षेत्रमा आज पनि चट्याङ्सहित पानी पर्ने सम्भावना छ। पश्चिमी र स्थानीय वायुका कारण मंगलबार दिउँसोपछि चट्याङ्सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रि-मनसुनको समयमा स्थानीय वायुको प्रभाव दिउँसो पछि बढी सक्रिय हुन्छ । यही कारण दिउँसो पछि मेघगर्जन र चट्याङ पर्ने सम्भावना धेरै हुन्छ।

हिजो बेलुका काठमाण्डौ उपत्यका र आसपाससहित पहाडी क्षेत्रका एक/दुई ठाउँमा पनि परेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved