एजेन्सी। भारतीय गीत ‘नाटु नाटु’ ले ओस्कार अवार्डको एक विधामा उपाधि जितेको छ । निर्देशक एसएस राजामौलीको फिल्म आरआरआरको गीत ‘नाटुनाटु’ ले ‘बेस्ट ओरिजिनल गीत’ विधामा ओस्कार अवार्ड जितेको हो ।
‘नाटु-नाटु’ ओस्कार जित्ने पहिलो भारतीय गीत हो। गीत संगीतकार एमएम किरावाणीले अवार्ड जितेपछि एकेडेमी अवार्डलाई धन्यवाद दिँदै भने, ‘म सिकर्मीको कुरा सुनेर हुर्केको छु र आज ओस्कार जितेको छु ।’
जुनियर एनटीआर र रामचरण अभिनय रहेको चलचित्रको यो गीत विश्वभर मन पराइएको थियो । चन्द्रबोशको शब्द रहेको तेलुगु भाषाको यस गीतको कम्पोज भने एमएम कीरवणीले गरेका हुन् ।
यसअघि भारतको ‘द एलिफन्ट व्हिस्पर्स’ ले उत्कृष्ट वृत्तचित्र सर्ट फिल्मको लागि ओस्कार अवार्ड जितेको थियो। ओस्कार अवार्डको स्टेजमा नाटु–नाटु गीत पनि प्रस्तुत गरिएको थियो, जसलाई दर्शकले निकै रुचाएका थिए ।
Facebook Comment
Comment