काठमाडौं । रुपन्देहीको सैनामैना, १० बेमतेनीकी बिरामी बालिकालाई उपचार गर्ने भन्दै कुटपीट गरी हत्या गरेको तथा प्रहरीलाई खबर नगरी शव जलाएको अभियोगमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।
कथित माताले झारफुकबाट उपचार गर्ने भन्दै कुटपिट गर्दा १४ वर्षीया बालिका सीता ज्ञवालीको मृत्यु भएको थियो ।
रुपन्देही प्रहरीले शनिबार एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्न झाँक्री सोनिया रेश्मी सहित सोही रात सीताको दाहसंस्कारमा संलग्न १७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ ।
२० गते राति ८ बजे झाँक्रीकहाँ लगिएकी सीतालाई ‘बोक्सी बकाउने’ भन्दै लछारपछार पारी कुटपिट गर्दा साढे १२ बजे मृत्यु भएको थियो ।
थप समाचार :
उपचारका नाममा १४ वर्षीया बालिकाको कुटी-कुटी हत्या : कथित माताले घण्टौं पिटिरहँदा बाबु आमा बने रमिते
Facebook Comment
Comment