सडकमा केटाकेटीसँग पोलेको मकै खाँदै ओलीले भने- एकदम मज्जा लाग्यो

ओलीलाई देखेपछि विद्यार्थीको एउटा भीडले घेर्याे। रमाइला ओली केटाकेटी नजिक आएपछि झनै रमाइलो गर्न उत्साहित भए। उनले पोलेको मकै खाए। केही विद्यार्थीले पनि उनीसँगै मकै खाए।

नेपालभ्युज

सडकमा केटाकेटीसँग पोलेको मकै खाँदै ओलीले भने- एकदम मज्जा लाग्यो

काठमाडौं। राष्ट्रपति निर्वाचनमा आफ्ना दलका उम्मेदवारलाई जिताउन नसकेपछि नेकपा एमालेमा सन्नाटा छाएको छ। आफूसँगको गठबन्धन तोडेर नेपाली कांग्रेसलगायतका दलसँग गठबन्धन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गएपछि राष्ट्रिय राजनीतिमा एमाले एक्लिएको छ।

‘सेरेमोनियल’ भए पनि प्रमुख राजकीय पद गुमाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनप्रति तितो ओकलिसकेका छन्। शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा ओलीले गठबन्धनलाई प्रतिक्रियावादी शक्ति भने।

पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रीय कमिटीको शपथग्रहण समारोहमा बोल्दै उनले पार्टी फुटाएर गएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालाई पुन: कटाक्ष गरे। उनले भने ‘‘माधव नेपाल प्रतिक्रियावादीहरूको सेवामा समर्पित भएर लागि परेका छन्।’’

कार्यक्रमबाट निस्किएर ओली सीधै गाडी चढेर बालकोट गएनन्। उनी सडक पेटिमा निस्किए । त्यतिबेला स्कुल छुट्टी हुने समय भएको थियो। विद्यालयबाट कक्षा सकेर निस्किएका विद्यार्थीहरू सडकमा घर जाँदै थिए। सडक छेवैमै एक महिला मकै पोलेर बेच्दै थिइन्। ओली पनि उतै मकैको गाडातिरै लागे।

ओलीलाई देखेपछि विद्यार्थीको एउटा भीडले घेर्‍यो । रमाइला ओली केटाकेटी नजिक आएपछि झनै रमाइलो गर्न उत्साहित भए। उनले पोलेको मकै खाए। केही विद्यार्थी केटाकेटीले पनि उनीसँगै मकै खाए। केही बेर रमाइलो गरेपछि विद्यार्थीलाई उज्ज्वल भविष्यको कामना गर्दै गाडी चढेर बालकोट हुइँकिए।

त्यसक्रममा केही रमाइला तस्वीरहरू पनि ओलीले फेसबुकमा पोस्ट गरेका छन्। त्यसमा क्याप्सन लेखेका छन् ‘‘पार्टी कार्यालयबाट घर फर्कँदै थिएँ, बाटोमा स्कुल छुटेर फर्किँदै गरेका नानीबाबुहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो। नजिकै एक जना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved