‘द भ्वाइस किड्स नेपाल सिजन–२’ आजबाट सुरु

नेपालभ्युज

‘द भ्वाइस किड्स नेपाल सिजन–२’ आजबाट सुरु

काठमाडौं। टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’को प्रसारण आज (शुक्रबार) बाट सुरु हुने भएको छ। बिहीबार काठमाडौैंमा एक कार्यक्रमबीच भ्वाइस किड्सको प्रिमियर शो गर्दै यस बारेमा जानकारी गराइएको हो ।

६ देखि १४ वर्षसम्मका बालबालिकाहरूको सहभागिता रहने शो प्रसारणको पूर्वसन्ध्यामा बिहीबार बेलुका पहिलो एपिसोडको ग्रान्ड
प्रिमियर गरिएको थियो ।

प्रिमियरमा कोच प्रमोद खरेल, निर्देशक लक्ष्मण पौडेल र प्रस्तोता सुशील नेपाल उपस्थित थिए । डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगी बालबालिकाबाट छानिएका ६५ मध्ये ६ जना प्रतियोगीहरूले पहिलो एपिसोडमा कोचको सामना गरेका थिए । सुरुवाती केही एपिसोड ब्लाइन्ड अडिसनको हुनेछ ।

ग्रान्ड प्रिमियर शोपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गायक प्रमोद खरेलले गिलो माटोलाई आकार दिन सकेझैँ साना बालबालिकाहरूलाई गायन क्षेत्रमा अब्बल बनाउन यो शो महत्त्वपूर्ण रहेको बताए ।

बालबालिकाले सबै जनराको गीत गाउने गरेको भन्दै उनीहरूमा सबै गर्नसक्ने प्रतिभा रहेको बताउँदै उनले आफ्नो समूहले जित्नेभन्दा पनि राम्रो प्रतिभा ल्याउनुपर्छ भन्ने धारणा रहेको खरेलले बताए ।

द भ्वाइस किड्स सिजन २ हरेक शुक्रबार र शनिबार राति ८ बजे हिमालयन टेलिभिजनबाट प्रसारण हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved