राष्ट्रपति निर्वाचन : अपराह्न ४ बजेदेखि मतगणना सुरु गरिने

राष्ट्रपति निर्वाचनको मतपेटिका दिउँसो ४ बजेदेखिनै खोलेर गणना सुरु गरिने भएको छ। निर्वाचन अधिकृतको कार्यालयले ७ निर्णय गर्दै पत्रकारको उपस्थितिमा पमतपेटिका खोलेर गणना सुरु गरिने जनाइएको छ।

नेपालभ्युज

राष्ट्रपति निर्वाचन : अपराह्न ४ बजेदेखि मतगणना सुरु गरिने

काठमाडौं।  राष्ट्रपति निर्वाचनको मतपेटिका दिउँसो ४ बजेदेखि नै खोलेर गणना सुरु गरिने भएको छ। निर्वाचन अधिकृतको कार्यालयले ७ निर्णय गर्दै पत्रकारको उपस्थितिमा मतपेटिका खोलेर गणना सुरु गरिने जनाइएको हो।

मतगणनाका विषयमा राष्ट्रपति पदका उम्मेदवारका प्रतिनिधिहरूसँग १ बजे छलफल गर्दै यस्तो निर्णय गरेको हो।

दिउँसो ४ बजेदेखि मतगणना सुरु हुने, स्वस्तिक छाप नभएको मत बदर हुने निर्णय छ। यस्तै सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्ने, अन्यथा बदर हुने निर्णय छ।

संघीय संसद् र प्रदेश सभाको अलगअलग मतगणना हुनेछ। मतगणनामा राष्ट्रपति उम्मेदवारका निर्वाचन प्रतिनिधि र एक–एक जना गणना प्रतिनिधि रहनेछन्।

मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने निर्णय छ। साथै मतगणनापश्चात् विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गरिने निर्णय भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved