पीएनजीविरुद्ध नेपालले टस हार्‍यो, पहिले ब्याटिङ गर्दै

विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ । यस्तै एकदिवसीय मान्यता जोगाइ राख्न चार मध्ये कम्तिमा दुई वटा खेल जित्नुपर्नेछ ।

नेपालभ्युज

पीएनजीविरुद्ध नेपालले टस हार्‍यो, पहिले ब्याटिङ गर्दै

काठमाडौं। आईसीसी विश्वकप लिग टू अन्तर्गत पपुवा न्युगिनीसँगको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवी क्रिकेट मैदान कीर्तिपूरमा पीएनजीले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।

विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ । यस्तै एकदिवसीय मान्यता जोगाइ राख्न चार मध्ये कम्तिमा दुई वटा खेल जित्नुपर्नेछ ।

घरेलु मैदानमा नै पीएनजीसँग गतबर्ष भएको एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दुवै खेलमा नेपाल पराजित भएका थियो । तर यसै हप्ता यूएईमा भएको शृङ्खलामा भने दुवै खेलमा नेपालले हराएको छ ।

पीएनजीसँग समग्रमा ८ एकदिवसीय अन्तराष्ट्रिय खेलेकोमा ६ खेल नेपालले जित्दा २ खेलमा भने पीएनजी विजयी भएको छ । मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

नेपाल सात देश सम्मिलित विश्वकप लिग टूमा ३२ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।  पपुवा न्युगिनि ३२ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved