केही ठाउँमा आज पनि वर्षा र हिमपातको सम्भावना

नेपालभ्युज

केही ठाउँमा आज पनि वर्षा र हिमपातको सम्भावना

काठमाडौं। पश्चिमी वायुको प्रभावका कारण आज पनि केहि पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान गरिएको छ। हिजो काठमाण्डौसहित केही पहाडी क्षेत्रमा हल्का पानी परेको थियो । हिजो देशका धेरै ठाउँको मौसम बदली भएको थियो । हिजो भन्दा आज मौसम खुल्ने अनुमान गरिएको छ ।

यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा आज पनि हल्का हिमपातको अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved