पाकिस्तानमा गाडी विस्फोट : ४ जनाको मृत्यु, ९ घाइते

नेपालभ्युज

पाकिस्तानमा गाडी विस्फोट : ४ जनाको मृत्यु, ९ घाइते

इस्लामावाद। पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा सोमबार गाडी विस्फोट हुँदा चार सुरक्षाकर्मीको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

उक्त दुर्घटना बोलान जिल्लामा भएको हो । सिबिका जिल्ला प्रहरी अधिकारी युसुफ करिम भानघरले बताएअनुसार सिबी जिल्लाको सीमा क्षेत्रस्थित बलुचिस्तान कन्स्टेबुलरीका अर्धसैनिक फौजको ट्रकमा हमला भएको थियो।

विस्फोटको प्रकृति अझै खुल्न नसकेको बताउँदै उनले अनुसन्धानका लागि सो क्षेत्र नाकाबन्दी गरिएको बताएका छन् ।
आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved