बंगलादेशको रोहिंग्या शिविरमा भीषण आगलागी, २ हजार टहरा जले, १२ हजार जना घरबारविहिन

म्यानमारमा सैन्य आक्रमणको डरले भागेका रोहिंग्याहरू अत्यन्तै कठिन परिस्थितिमा बाँचिरहेका छन्। भारतमा पनि पटकपटक रोहिंग्या शिविरमा आगो लागेको छ ।

नेपालभ्युज

बंगलादेशको रोहिंग्या शिविरमा भीषण आगलागी, २ हजार टहरा जले, १२ हजार जना घरबारविहिन

एजेन्सी। बंगलादेशको विशाल रोहिंग्या शिविरमा भएको आगलागीमा रोहिंग्या शरणार्थीका दुई हजार आश्रयस्थल जलेका छन् ।

बंगलादेशको दक्षिण पूर्वमा रहेको यो शिविरमा लागेको आगलागीका कारण १२ हजार मानिस घरबारविहीन भएका छन् । अधिकारीहरुका अनुसार कक्स बजारमा लागेको आगो नियन्त्रणमा आएको छ र ठूलो क्षतिको अनुमान गरिएको छ ।

आगलागीको यो घटनामा कुनै मानवीय क्षति भएको खबर छैन । आगलागीको कारण पनि खुल्न सकेको छैन ।म्यानमारबाट भागेका करिब १० लाख रोहिंग्या शरणार्थीहरू बंगलादेशको शिविरमा बस्छन्।

यी भीडभाड शिविरहरूमा आगलागी कुनै नयाँ कुरा होइन। गत वर्ष जनवरीमा उखिया शरणार्थी शिविरमा भएको आगलागीमा ६ सय घर जलेर नष्ट भएका थिए ।

गत वर्ष मार्चमा भएको अर्को आगलागीमा करिब १० हजार आश्रयस्थल जलेर १५ जनाको मृत्यु भएको थियो । शिविरमा आगलागी भएपछि यहाँका रोहिंग्या परिवारले नजिकैको पहाडमा शरण लिएका छन् ।

म्यानमारमा सैन्य आक्रमणको डरले भागेका रोहिंग्याहरू अत्यन्तै कठिन परिस्थितिमा बाँचिरहेका छन्। भारतमा पनि पटकपटक रोहिंग्या शिविरमा आगो लागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved