लिग–२ : यूएईविरुद्धको खेल कुशलले गुमाउने

नेपालभ्युज

लिग–२ : यूएईविरुद्धको खेल कुशलले गुमाउने

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा कुशल भूर्तेलले यूएईविरुद्धको खेल गुमाउने भएका छन्। यूएईमा जारी एकदिवसीय सिरिजको सोमबार हुने घरेलु टोलीसँगको खेलमा कुशल सहभागी नहुने नेपाल क्रिकेट संघ क्यानले जनाएको हो।

कुशल ग्रोइन इन्जुरीका कारण खेलमा सहभागी नहुने क्यानले जनाएको छ। कुशलको स्थानमा सन्दीप जोराले खेल्ने भएका छन्।

नामिबियाविरुद्धको खेलमा नेपाललाई ११५ रनले जिताउन कुशलले शतकीय पारी खेलेका थिए।

उनकै शतकमा नेपालले २८६ रनको ऐतिहासिक लक्ष्य पूरा गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved