भिन्सेन्जो अल्बर्टो एनेस नेपालको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

नेपालभ्युज

भिन्सेन्जो अल्बर्टो एनेस नेपालको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा भिन्सेन्जो अल्बर्टो एनेस नियुक्त भएका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मङ्गलबार बसेको बैठकले इटालियन प्रशिक्षक रेन्जो अल्बर्टो एनेसुलाई प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।

भिन्सेन्जो ‘यूईएफए प्रो कोच’ मान्यताप्राप्त प्रशिक्षक हुन् ।  भिन्सेन्जोले भारतीय फुटबल क्लब ‘गोकुलम केरेला’ को प्रशिक्षकको जिम्मेवारी निर्वाह गरिसकेका छन्। उनको प्रशिक्षणमा गोकुलमले २ पटक आई–लिगको उपाधि जितिसकेको छ।

पछिल्लो समयमा भिन्सेन्जोले भारतीय सुपर लिगको नर्थइस्ट युनाइटेड क्लबको व्यवस्थापन सम्हालेका थिए। पदपूर्ति समितिले रेन्जोलाई प्रशिक्षकको पदमा सिफारिस गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved