काठमाडौं। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछनेलाई यूएई पठाउने प्रक्रिया सुरु गरेको छ। यूएईमा जारी विश्वकप क्रिकेट लिग–२ मा सहभागी हुन क्यानले सन्दीपलाई पठाउने प्रक्रिया सुरु गरेको हो।
बिहीबार घरेलु टोली र नेपालबीचको खेलमा सन्दीपलाई सहभागी गराउने हेतुले प्रक्रिया अघि बढिरहेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले नेपालभ्युजलाई जानकारी गराए।
‘आईसीसीबाट आउने पर्ने स्वीकृति पनि कुरिरहेका छौँ। सँगसँगै सन्दीपलाई यूएई पठाउने कार्यमा पनि जोड दिइरहेका छौँ। अदालतले विदेश जानेसन्दर्भको पर्खाइमा मात्र थियौँ। उनलाई भोलिको खेलमा सहभागी गराउने हाम्रो लक्ष्य हो।,’ पाठकले बताए।
उनले क्यानका एक अफिसियल र सन्दीपलाई बुधबार रातिसम्म यूएई पठाउने तयारी अघि बढिरहेको पनि जानकारी गराए।
सर्वोच्च अदालतले नाबालिग बलात्कारको अभियुक्त सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको थियो। सर्वोच्चका न्यायाधीश कुमार चुँडाल र सपना मल्ल प्रधानको संयुक्त इजलासले २० लाख धरौटीमा जेलमुक्त भएको सन्दीपलाई विदेश जानमाथि लगाइएको रोक फुकुवा गरेका थिए।
Facebook Comment
Comment