एनएसजेएफ स्पोर्ट्स अवार्ड : थप ४ विधाको मनोनयन सार्वजनिक

नेपालभ्युज

एनएसजेएफ स्पोर्ट्स अवार्ड : थप ४ विधाको मनोनयन सार्वजनिक

काठमाडौं। एनएसजेएफ स्पोर्ट्स अवार्ड–२०७८ को ४ विधाको मनोनयन सार्वजनिक गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा थप ४ विधाको मनोनयन सार्वजनिक गरेको हो।

एनएसजेएफले वर्षका उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट युवा खेलाडी तथा उत्कृष्ट प्रशिक्षकको विधाहरूको मनोनयन सार्वजनिक गरेको छ।

एनएसजेएफका सचिव अञ्जन खड्काको संयोजकत्वमा बनेको छनोट समितिले खेलाडी तथा प्रशिक्षकको मनोनयन चयन गरेको हो। गत वर्ष भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको प्रदर्शन र प्राप्त गरेको उपलब्धिलाई मध्येनजर गर्दै मनोनयन गरिएको हो।

महिलातर्फ बक्सिङकी पुनम रावल, एथलेटिक्सकी पुष्पा भण्डारी, भलिबलकी अरुणा शाही र क्रिकेटका सीता राना मगर र रुबिना क्षेत्री मनोनित भएका छन्।

पुरुषतर्फको मनोनयनमा भने ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल तथा फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ परेका छन्।

युवा खेलाडीतर्फ बक्सिङका छिरिङ वाङ्दी शेर्पा, फुटबलकी प्रीति राई, भलिबलकी उषा भण्डारी, ब्याडमिन्टनकी रसिला महर्जन र फुटबलका मनीष डाँगी मनोनयनमा रहेका छन्।

वर्ष प्रशिक्षकतर्फ भन पारा तेक्वान्दो कविराज नेगी लामा, बक्सिङका दीपक महर्जन, क्रिकेटका डेव ह्वाटमोर र फुटबलका अब्दुल्लाह अल्मुताइरी मनोनित भएका छन्।

विगतमा झैँ वर्ष पुरुष, महिला, पिपल्स च्वाइस र वर्ष प्रशिक्षकका विजेतालाई पल्सर मोटरसाइकल पनि प्रदान गरिनेछ । यसपटक भने युवा खेलाडीलाई पनि पल्सर मोटरसाइकल प्रदान गरिनेछ। साथै, अन्य विधागत विजेतालाई ५० हजार रुपैयाँ सहितको गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।

एनएसजेएफले यसअघि नै पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरिसकेको छ। अवार्ड कार्यक्रम फागुन २३ गते कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved