प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल सुरु गर्दै

एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डको काँधमा १६ मन्त्रालय छन्। आठ दलीय गठबन्धनमा रहेका २ दल सरकारमा भए पनि ६ दल जान बाँकी छ।

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल सुरु गर्दै

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा आजबाट आठ दलीय गठबन्धनमा छलफल सुरु गर्ने भएका छन्।

सरकारबाट नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निस्किएपछि मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मंलबारदेखि छलफल सुरु गर्ने भएका बालुवाटार स्रोतले बतायो।

एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डको काँधमा १६ मन्त्रालय छन्। आठ दलीय गठबन्धनमा रहेका २ दल सरकारमा भए पनि ६ दल जान बाँकी छ।

आठ दलीय गठबन्धनका कुन दललाई कति मन्त्रालय दिने भन्ने विषयमा शीर्ष नेताहरूको बैठकबाट टुङ्गो लाग्ने ती नेताले बताए। सत्ता साझेदार दलका कतिपय नेताहरूले कार्यदल बनाएर मन्त्रालय भागबन्डा टुङ्गो लगाउनुपर्ने बताएका छन्।

स्रोतले भन्यो ‘नयाँ गठबन्धनका नेताहरूसँग मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुनेछ, छ्ट्टिै भागबन्डा गरेर सबै दल सरकारमा सहभागी हुनेछन्।’

अहिले सरकारमा माओवादी र जनमत पार्टी छन्। अब कांगेस, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदले समेत सरकारमा जान इच्छा देखाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved