काठमाडौं। डिस्कभर फाइनन्सियल सर्भिस, डाइनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआईअन्तर्गत जारी गरिएका रुपे इन्टरनेसनल कार्डहरू एससीटीसँग आबद्ध फाइनान्स कम्पनी, सहकारी तथा बैंकका एटीएमहरूमा यी विभिन्न अन्तर्राष्ट्रिय, बहुप्रतिष्ठित नेटवर्कहरूद्वारा जारी गरिएका कार्डहरू चलाउन मिल्ने भएको छ ।
यो सुविधासँगै नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाद्वारा जारी गरिएका एक करोडभन्दा बढी रुपे इन्टरनेसनल कार्डहरू एससीटी नेटवर्क अन्तर्गतका एटीएमहरूमा प्रयोग गर्न सकिने भएको हो ।
यसका साथै डाईनर्स र डिस्कबरका डेबिट तथा क्रेडिट कार्ड बोक्ने पर्यटकहरूलाई पनि एटीएममार्फत कारोबार गर्नलाइ सहज र सरल हुने आशा गरिएको छ । यो सुविधा छिट्टैनै एनएमबी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरूले संचालन गरेका एटीएमहरूमा पनि विस्तार गर्ने योजना राखिएको छ ।
हाल भारतमा लोकप्रिय बन्दै गएको रुपे कार्ड भारतमा कार्यरत नेपालीहरू तथा नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरूलाई नेपालमा चलाउन निकै समस्या थियो । यो सुविधा संगै रुपे कार्ड प्रयोगकर्ताहरूलाई निकै सहज हुने आशा गरिएको छ ।
Facebook Comment
Comment