प्रधानमन्त्री दाहालको कतार भ्रमणको तालिका सार्वजनिक

नेपालभ्युज

प्रधानमन्त्री दाहालको कतार भ्रमणको तालिका सार्वजनिक

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार कतार जानेछन्। प्रधानमन्त्री भएपछि यो उनको पहिलो विदेश भ्रमण हो।

अति कम विकसित राष्ट्रहरूको पाँचौं सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड कतार जान लागेका हुन् आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड १९ गते शुक्रबार सो सम्मेलनमा सहभागी हुन कतारको दोहा प्रस्थान गर्ने जानकारी दिइयो।

कतारमा प्रधानमन्त्री दाहालले सो सम्मेलनलाई सम्बोधन गर्ने र २२ गते स्वदेश फर्किनेछन् । त्यसैगरी, सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग पनि प्रधानमन्त्री दाहालले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री दाहाल सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

कार्यक्रममा प्रोटोकल अनुसारको प्रधानमन्त्रीको सहभागिता सुनिश्चित गरेको परराष्ट्रले जनाएको छ। ‘भेटमा द्विपक्षीय छलफलहरू पनि हुनेछन् । साइड इभेन्टहरू पनि धेरै छन् । त्यसमा पनि भाग लिन्छौं । र, नेपाली कम्युनिटीसँग पनि एउटा प्रोग्राम गर्ने कार्यक्रम अहिलेसम्मको हिसाबले तय भएको’ परराष्ट्रस्रोतले तालिकाबारे भनेको छ।

प्रधानमन्त्रीसँग परराष्ट्र मन्त्रालयका अधिकारी सो सम्मेलनमा सहभागी हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved