आकस्मिक बिदाका दिन बैंक बन्द गर्न नपाइने

नेपालभ्युज

आकस्मिक बिदाका दिन बैंक बन्द गर्न नपाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले सरकारले दिने आकस्मिक बिदाका दिन अब बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने जनाएको छ ।
शुक्रबार बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै राष्ट्र बैंकले यस्तो प्रावधान ल्याएको हो ।

तत्काल लघुवित्त बाहेक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई मात्रै यो प्रावधान लागू हुनेछ । नेपाल राष्ट्र बैंकले जारी गरेको बैंक बिदाको सूचीबाहेक नेपाल सरकारले आकस्मिक बिदा दिएको दिन नगद कारोबार,चेक क्लियरेन्स, आरटीजीएसजस्ता अत्यावश्यक बैंकिङ सेवा नियमित गर्नुपर्ने छ ।

यस्तो बिदाको दिन १० बजेदेखि १ः३० बजेसम्म कार्यालय खुला राख्नसमेत राष्ट्र बैंकले समय नै तोकेको छ । आकस्मिक बिदा दिने र बैंक बन्द हुने प्रचलनले ग्राहक समस्यामा पर्दै आएका थिए ।

यस बेला बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग र कार्यालय खुला राखेर सेवा सुरु गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved