युक्रेन-रुस युद्धको १ वर्ष

राष्ट्रसंघीय महासभामा रुसको भर्त्सना गर्ने प्रस्ताव पारित, नेपालले पनि पक्षमा मत दियो

भारत, चीनसहितका ३२ देश तटस्थ

यो प्रस्तावको पक्षमा १४१ देशले मत दिएका छन् । नेपालले पनि यसको पक्षमा मत दिएको छ । रुस, बेलारुस, उत्तर कोरिया, सिरिया लगायतका सात देशले मात्रै विपक्षमा मतदान गरे ।

नेपालभ्युज

राष्ट्रसंघीय महासभामा रुसको भर्त्सना गर्ने प्रस्ताव पारित, नेपालले पनि पक्षमा मत दियो

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेको आज एक वर्ष पूरा भएको छ । युद्धको एक वर्ष पुगेको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघको महासभाले युक्रेनमाथि रुसले गरेको आक्रमणको भर्त्सना गरेको छ ।

महासभाले विनाशर्त युक्रेनबाट रुसी सेना फिर्ता गर्न र सक्दो चाँडो शान्ति कायम गर्ने प्रस्तावलाई अत्यधिक मतका साथ पारित गरेको हो ।

यो प्रस्तावको पक्षमा १४१ देशले मत दिएका छन् । नेपालले पनि यसको पक्षमा मत दिएको छ । रुस, बेलारुस, उत्तर कोरिया, सिरिया लगायतका केही देशले मात्रै विपक्षमा मतदान गरे । चीन, भारत, इरान, दक्षिण अफ्रिका लगायतका ३२ देश भने तटस्थ बसेका थिए ।

भियनामा रुसका प्रतिनिधिले युरोपेली निकायको संसदीय सत्रमा सम्बोधन गर्दा अधिकांश देशले बहिष्कार गरेका थिए ।

२०२२ को फेब्रुअरी २४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण सुरु गरेका थिए । युद्धको १ वर्षभित्र दुवैतर्फ गरी करिब ७५ हजार सैनिकको मृत्यु भइसकेको छ । लाखौं घाइते भएका छन्। तर, युद्ध अन्त्य हुने कुनै संकेत अहिलेसम्म देखिएको छैन ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved