आजको मौसम – प्रदेश १ र गण्डकीको एक दुई स्थानमा हल्का वर्षा

पश्चिमी वायु सक्रिय भएपछि आज प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सो प्रदेशको उच्च पहाडी भूभागको केही स्थानमा हल्का हिमपात पनि हुनेछ ।

नेपालभ्युज

आजको मौसम – प्रदेश १ र गण्डकीको एक दुई स्थानमा हल्का वर्षा

काठमाडौं। पश्चिमी वायु सक्रिय भएपछि आज प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सो प्रदेशको उच्च पहाडी भूभागको केही स्थानमा हल्का हिमपात पनि हुनेछ ।

सोहीअनुसार भोलि १२ गते शुक्रबार पनि प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली कायमै रहने छ । अन्य भूभागमा सामान्यतः मौसम सफा रहने छ । दिउँसो प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यसैबीच, फागुन १३ गते शनिबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ । सो प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । सो प्रदेशका उच्च पहाडी भूभागको केही ठाउँमा हल्का हिमपात पनि हुनेछ ।

त्यस्तै, पहाडी भूभागमा आंशिक बदली हुने, उच्च पहाडी भूभागको केही स्थानमा हल्का हिमपात हुने र तराईका केही जिल्लाको थोरै स्थानमा विहानीको समयमा हुस्सु र कुहिरो लाग्नेक्रम जारी रहने हुनाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved