युरोपेली मुलुकमा शरणका लागि १० लाखको आवेदन

नेपालभ्युज

युरोपेली मुलुकमा शरणका लागि १० लाखको आवेदन

काठमाडौं। कोरोना महामारीका कारण जारी गरिएको यात्रा प्रतिबन्ध हटाइएपछि युरोपेली मुलुकमा शरण खोज्नेहरूको सङ्ख्या अनपेक्षित रूपमा बढेको छ। यात्रा प्रतिबन्ध हटाएपछि युरोपेली सङ्घमा १० लाख जनाले शरणका लागि आवेदन गरेका छन् । यो विगत सात वर्षयताकै उच्च हो ।

शरणार्थीसम्बन्धी युरोपेली सङ्घको कार्यालयले सन् २०१६ पछि शरणका निम्ति आवेदन गर्नेको सङ्ख्या ५० प्रतिशतले बढेको छ । उक्त कार्यालयको प्रारम्भिक तथ्यांकअनुसार गत वर्षको अन्त्यमा कोभिड–१९ स्वास्थ्य सुरक्षा मापदण्ड हटाइएपछि नर्वे र स्विट्जरल्यान्डबाहेक सङ्घमा आबद्ध देशमा १० लाख आप्रवासीले शरणार्थीको दर्जा प्राप्त गर्न आवेदन दर्ता गरेका छन् ।

शरणका लागि सबैभन्दा धेरै सिरियाली र अफगानीले आवेदन गरेका छन् । टर्की, भेनेजुएला, कोलम्बिया, पाकिस्तान, बङ्गलादेश र जर्जियाका आप्रवासीको आवेदन पनि अधिक परेको छ । रुसी आक्रमणबाट भागेका युक्रेनीको सङ्ख्या तुलनात्मक रूपमा कम छ । युरोपेली सङ्घले उनीहरूलाई छुट्टै अस्थायी सुरक्षा व्यवस्था गरेकाले युक्रेनका थोरै नागरिकले शरणका निम्ति निवेदन गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved