कर्मचारीलाई तलब खुवाउन नसकेपछि गुणका विमान उडाउन रोक

नेपालभ्युज

कर्मचारीलाई तलब खुवाउन नसकेपछि गुणका विमान उडाउन रोक

काठमाडौं । सरकारले गुण एयरलाइन्सका विमान उडानमा रोक लगाएको छ । आन्तरिक रूपमा समस्यामा परेकाले गुणका सातवटै विमानलाई उडानमा रोक लगाइएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारीलाई तलबसमेत दिन नसकेको अवस्थामा उडान संचालन गर्दा हवाई सुरक्षामा प्रभाव पर्ने भन्दै रोक लगाएको हो । प्राधिकरणको निर्णयसँगै गुणका विमान सोमबारदेखि उड्न पाएका छैनन् ।

प्राधिकरणका अनुसार आर्थिक संकटबाट गुज्रिरहेको गुण एयरलाइन्सले कर्मचारीको सेवा सुविधा दिन सकेको छैन । यसले कर्मचारीको मनोविज्ञान सुरक्षामैत्री हुन नसक्ने देखिएकाले उडान बन्द गरिएको प्राधिकरणका अधिकारीले बताएका छन् ।

गुण एअरलाइन्सका उडान ठप्प, आइतबारदेखि सञ्चालनमा आउने दाबी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved