काठमाडौं। नौ साइकलिस्टले नयाँ दिल्ली–काठमाडौंको साइकल यात्रा सुरु गरेका छन्। सोमबार बिहान भारतको राजधानी नयाँ दिल्लीबाट ७ पुरुष र २ महिला साइकलिस्टले काठमाडौंतर्फको साइकल यात्रा सुरु गरेका हुन्।
‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध प्रगाढ’ बनाउने उद्देश्यसहित साइकल यात्रा सुरु गरिएको हो। नयाँ दिल्लीदेखि सीतारगंज, चिसापानी, लमही, लुम्बिनी हुँदै काठमाडौं आइपुग्न ९ साइकलिस्टले १ हजार ४४ किलोमिटरको दूरी पूरा गर्ने छन्। सो दुरी साइकलिस्टहरूले ५ दिनमा पूरा गर्ने अनुमान गरिएको छ।
पुरुषमा कन्वर गील, रविन्द्र कुमार सिंह, मुस्तफा टोपीवाला, राहुल पाटिल, आसिफ, जस्प्रित, रविन्दर सिंह तथा महिलामा मेघा जैन र विनिता शर्माले यात्रामा सहभागीता जनाएका छन्।
‘द पेड्लर्स’ नामक संस्थाले आयोजना गरेको भारतको राजधानी देखि नेपालको राजधानीसम्मको यस यात्रालाई ‘सी टु सी’ नाम दिइएको छ।
Facebook Comment
Comment