बैंकहरूविरुद्ध उद्योगी, व्यवसायीहरूको विरोध प्रदर्शन (तस्वीरहरू)

नेपालभ्युज

बैंकहरूविरुद्ध उद्योगी, व्यवसायीहरूको विरोध प्रदर्शन (तस्वीरहरू)

काठमाडौं। नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरूविरुद्ध विरोध प्रदर्शन गरेको छ । शुक्रबार उद्योगी व्यवसायीहरूका ९ वटा महासंघ र ३८ वटा संघहरूले बैंकहरूविरुद्ध संयुक्त सडक आन्दोलन गरेका हुन् ।

व्यवसायीहरूले पछिल्लो समय बैंकहरूले बढाएको चर्को ब्याजदर विरुद्ध आन्दोलन गर्ने बाध्य भएको र उद्योगी व्यवसायीहरूमा रहेको सिन्डिकेटका अन्त्य र बैंकको ज्यादती विरुद्ध सडक आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।

विरोध कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उद्योगी व्यवसायीहरूले सांसद, मन्त्री बनाइदिन माग नगरेको भन्दै बैंकको आतंकलाई बन्द गर्न र व्यवसायीहरूलाई गरिखान दिन आवाज उठाइरहेको बताए । उनले देशका उद्योगी व्यवसायीहरूको माग सम्बोधन हुन सबै व्यवसायीहरू प्रेम आचार्य नै बन्नुपर्ने हो भन्दै प्रश्न गरे ।

त्यस्तै, नेपाल राष्ट्रिय व्यवसायी महासंघका कन्द्रीय अध्यक्ष कुमार कार्कीले नेपालीहरूले नेपालमा नै गरिखान पाउनुपर्ने बताए । उनले व्यापारीहरूले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पुर्‍याउँदासमेत चुप लागेर बस्नुपर्ने कुराको अन्त्य हुनुपर्ने बताए ।

उनले बैंकर्स र वित्तीय संस्थाहरू सामन्ती बनिरहेको बताए । उनले सरकार यसरी मौन बस्नु नहुने बताए । उनले सरकारले व्यापार उद्योगमैत्री नियम कानुन ल्याउन आवश्यक रहेको बताए ।

पछिल्लो समय कोभिड महामारी लगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरूका कुनै पनि माग सम्बोधन नगरेको आरोप उनीहरूको छ ।

उद्योग र व्यापारमा रहेको सिन्डिकेटको अन्त्य सबै उद्योगी व्यवसायीहरूको पहुँच सहितको बैंकहरूको ज्यादतीविरुद्ध थप आन्दोलन गर्ने चेतावनीसमेत कार्यक्रमम दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved