स्कटल्यान्डका खेलाडीले सन्दीपसँग हात मिलाएनन्

नेपालभ्युज

स्कटल्यान्डका खेलाडीले सन्दीपसँग हात मिलाएनन्

काठमाडौं। स्कटल्यान्डका खेलाडीले अन्य नेपाली खेलाडीसँग हात मिलाए पनि सन्दीप लामिछानेसँग भने हात मिलाएनन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार सकिएको एकदिवसीय खेलमा नेपालसँग पराजित भएको स्कटल्यान्डको टोलीले सन्दीपसँग हात नमिलाएका हुन्।

खेल सकिएपश्चात् दुवै टोलीका खेलाडीले हात मिलाउने चलन रहे पनि सन्दीपसँग मिलाउन स्कटीस खेलाडीले अस्विकार गरेका थिए ।

बलात्कारको अभियोगमा छानबिनमा रहेका कारण स्कटिस खेलाडीले असन्तुष्टी जनाएको बताइएको छ । यसअघि नामिबियाका खेलाडीले भने सन्दीपसँग हात मिलाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved