कार्यकाल सकिनुअघि नै राजीनामा दिने विश्व बैंकका प्रमुखको घोषणा 

नेपालभ्युज

कार्यकाल सकिनुअघि नै राजीनामा दिने विश्व बैंकका प्रमुखको घोषणा 

काठमाडौं। विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामाको घोषणा गरेका छन् । डेभिडको कार्यकाल सन् २०२४ मा समाप्त हुँदैछ । उनले आफ्नो कार्यकाल पूरा हुनुअघि नै जुनको अन्तिममा राजीनामा दिने घोषणा गरेका हुन्।

डेभिड तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा विश्व बैंकको प्रमुख बनेका थिए । उनी ट्रम्पको अभियान सल्लाहकार पनि थिए ।

विश्व बैंकले अत्यधिक विश्वव्यापी चुनौतीहरू सामना गरेको अवधिमा उनले नेतृत्व गरे । उनको कार्यकालमा विश्वमा कोभिड, युक्रेनमा रुसको आक्रमण र विश्वव्यापी आर्थिक चुनौतीहरू देखा परेका थिए ।

६६ वर्षीय मालपासले राजीनामाको घोषणा गर्दै आफ्नो राजीनामालाई सहज नेतृत्व परिवर्तनको अवसर भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved