आज पनि देशका केही ठाउँमा बादल लाग्ने

नेपालभ्युज

आज पनि देशका केही ठाउँमा बादल लाग्ने

काठमाडौं। आज बिहीवार पनि देशका केही ठाउँमा बादल लाग्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा अहिले कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । तर स्थानीय प्रणालीका कारण केही ठाउँमा बादल लाग्नेछ ।

अहिले प्रदेश एक लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा मा आन्शिक देखि सामान्य बदली रहेको छ । दिउँसो पनि प्रदेश एकको पहाडी भू-भागमा  आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश एकको  पहाडी भू-भागमा  आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved