यौन हिंसाको आरोप लागेका न्यायाधीशविरुद्ध प्रदर्शन गर्ने पक्राउ

न्यायाधीश भुवन गिरीविरुद्ध उनकी श्रीमतीले हिंसा र यौन शोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि निवेदन दिएकी छिन्।

नेपालभ्युज

यौन हिंसाको आरोप लागेका न्यायाधीशविरुद्ध प्रदर्शन गर्ने पक्राउ

काठमाडौं। यौन हिंसाको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्ने चारजना महिला पक्राउ परेका छन्।

नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि भएको प्रदर्शनका सहभागीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पूर्वन्यायाधीश भुवन गिरीकै श्रीमतीसहितका महिला छन्।

संसद् बैठक चलिरहँदा यौन हिंसाको आरोप लागेका कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै संसद् भवन बाहिर सडकमा केही महिलाले विरोध प्रदर्शन गरेका थिए।

न्यायाधीश भुवन गिरीविरुद्ध उनकी श्रीमतीले हिंसा र यौन शोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि निवेदन दिएकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved