काठमाडौं। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड(एससीटी) तथा ‘क’ वर्गको वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकबीच एससीटी यूपीआई डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।
सम्झौता पत्रमा स्माट च्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरे ।
विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइ बनेको राष्ट्रिय वाणिज्य बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।
यस सम्झौतापश्चात् राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले एससीटी यूपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्नसक्ने छन् । साथै, एससीटी यूपीआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, ई-कमर्स जस्ता सेवा सजिलै लिन सक्नेछन् ।
Facebook Comment
Comment