काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको रक्षक एमाले मात्रै भएको बताएका छन्।
अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले पार्टी राष्ट्रिय गौरव र स्वाभिमानको प्रतिनिधि भएकोले कुनै पनि अवस्थामा सत्ता प्रात्ति र सत्ता टिकाउने खेलमा लत्रिएर नजाने बताए। ‘सत्ता प्राप्ति र सत्ता टिकाउनका लागि राष्ट्रिय हित र गौरवलाई छोडेर एमाले जाँदैन’ उनले भने–‘त्यसैले एमाले नै राष्ट्रियताको साचो रक्षक हो यो।’
अध्यक्ष ओलीले अहिले देश भित्र र बाहिरका शक्तिहरू देशलाई बर्बाद पार्न सक्रिय रहेको आरोप पनि लगाए उनले काँग्रेस समेतको पाँच दलिय गठबन्धन तोड्न सकेको तर जोगाउन अझै चुनौती रहेको पनि बताए। ‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौं यो सफलताको कुरा हो’–उनले भने–‘यसमा पार्टीका आम साथीहरु प्रसन्न भएको देखिन्छ र हुनुपर्दछ तर कथंकदाचित अवस्था फेरियो भने ?’
ओलीले बर्तमान संसद्को बनावट नै अस्थिरताको कारक हुने गरी बनेको भन्दै बहुमत कसैको नहुनु र एमालेको सिट पनि बहुमतभन्दा निकै तल हुनुको फाईदा भित्र र बाहिरका धेरै शक्तिहरूले लिन खोजेको आरोप लगाए
उनले कुनै डाकाले बैंकमा डकैती गनुपर्यो भने पहिला पालेलाई आक्रमण गर्ने भन्दै पालेकै अवस्थामा देश जोगाउने काममा एमाले लागेको दाबी गरे ‘एमाले यो देशमा डकैती गर्न नदिने रक्षक हो’ उनले भने–‘पहिला एमालेमाथि प्रहार हुनसक्छ र भइआएको छ त्यसैले देश बरबाद पार्नेहरु क्रियाशील छन्’
उनले अझै अनेक प्रकारका षड्यन्त्र र प्रयास भइरहेको भन्दै सुखी नेपाली र समृद्धि नेपालको आकांक्षा गलत नभएको र त्यसबाट एमाले पछि नहट्ने बताए
Facebook Comment
Comment