आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता

नेपालभ्युज

आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता

काठमाडौं। आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक-आपसमा गाभ्ने/गाभिनेसम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएकाे छ । नेपाल बिमा प्राधिकरणको कार्यालयमा अध्यक्षको समुपस्थितिमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षहरू लगायत सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थितिमा सम्झौता सम्पन्न भएकाे हाे ।

उक्त सम्झौतामा यस कम्पनीका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरे ।

नेपाल बिमा प्राधिकारणबाट जारी भएका निर्देशनहरू तथा नीति, नियमहरूको पालना गर्दै बिमा क्षेत्रमा बढ्दै गएको तीव्र प्रतिस्पर्धा तथा अवसरहरूलाई ध्यानमा राखी एक सवल र सक्षम बिमा कम्पनीको रूपमा स्थापित भै दीर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बिमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीहरूको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय पहुँच, अनुभव र क्षमतालाई बढीभन्दा बढी प्रभावकारी बनाउँदै आफ्ना सेयरधनीहरूलाई समायानुकूल उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले एक आपसमा गाभ्ने/गाभिने सहमति सहित प्रारम्भिक सम्झौता सम्पन्न भएकाे हाे ।

उक्त सम्झौताअनुसार दुवै कम्पनी एकआपसमा गाभिएपश्चात् वन्ने कम्पनीको नाम आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ । मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लगिनेछ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एव डीडीए रिपाेर्ट समेतका आधारमा आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर अनुपात क्रमश १ः१ कायम रहने गरी सम्झौता गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved