टर्की र सिरिया भूकम्प

भूकम्पमा पुरिएको ९० घण्टापछि नवजात शिशु र आमाको जीवितै उद्धार

टर्कीमा भूकम्पमा भत्किएको भवनको  भग्नावशेषबाट ९० घण्टापछि एक नवजात शिशु र उनकी आमाको जिवितै उद्धार गरिएको छ । उद्धार लगत्तै शिशु र उनकी आमालाई  अस्पताल लगिएको छ।

नेपालभ्युज

भूकम्पमा पुरिएको ९० घण्टापछि नवजात शिशु र आमाको जीवितै उद्धार
तश्वीर: एजेन्सी

एजेन्सी। टर्कीमा भूकम्पमा भत्किएको भवनको  भग्नावशेषबाट ९० घण्टापछि एक नवजात शिशु र उनकी आमाको जिवितै उद्धार गरिएको छ । उद्धार लगत्तै शिशु र उनकी आमालाई  अस्पताल लगिएको छ।

इस्तानबुलका मेयर एकरेम इमामोग्लुले ट्वीट गरेर समन्दग शहरमा ९० घण्टापछि दश दिनको शिशु र उनकी आमाको जिवितै उद्धार गरिनु निकै खुसीको कुरा भएको बताएका छन् ।

एक फुटेजमा उद्धारकर्मीहरुले निकै सावधानीपूर्वक बच्चालाई बाहिर निकालिरहेको देखिन्छ । उद्धार गरिएको दश दिनको बच्चाको नाम यागिज हो। स्थानीय सञ्चारमाध्यममा आसाको किरण भनिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सोही ठाउँबाट एक व्यक्तिलाई पनि बाहिर निकालिएको थियो तर त्यो बालकको परिवारको सदस्य हो वा होइन भन्ने अझै स्पष्ट भइसकेको छैन।

यसअघि सिरियामा पनि भग्नाशेषमै जन्मिएको शिशुको जिवितै उद्धार भएको थियो । तर उक्त शिशुको आमाको भने निधन भएको छ ।

टर्की र सिरियामा विनाशकारी प्रकोपको चार दिन बितिसक्दा पनि चिसो चिसोमा अझै बाँच्ने आशा कम बन्दै गएको छ । अहिलेसम्म दुवै देशमा गरेर २३ हजार तीन सय जनाको ज्यान गइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved