मोबाइल महँगो लाग्यो ? ब्याज नतिरी किस्तामा पाइन्छ सामसङ एस–२३ सिरिज

ग्यालेक्सी एस २३ सिरिजका ग्यालेक्सी एस २३, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ अल्ट्रा सामसङ सार्वजिनक

एस २३ सिरिज शून्य प्रतिशत ब्याजदरमा मासिक न्यूनतम किस्ता ६ हजार ४०० बाट सुरु भई उपलब्ध छ। सामसङले एक पटकको लागि ब्रेकेज इन्सुरेन्स एक वर्षको लागि उपलब्ध गराएको छ। 

नेपालभ्युज

मोबाइल महँगो लाग्यो ? ब्याज नतिरी किस्तामा पाइन्छ सामसङ एस–२३ सिरिज

काठमाडौं। समाज विकासको चरणसँगै खानदानी र सम्पन्न जीवनशैलीको प्रतीक रहेको मोबाइल फोन आजभोलि प्रायः सबैको आवश्यकता बनेको छ। कसैलाई रहर त कसैलाई अरूमाझ ठाँट देखाउन महँगा मोबाइल बोक्न रुचाउँछन्।

महँगो मोबाइल फोन बोक्ने सोख धेरैलाई हुन्छ। तर सबैले एकै पटक नगदमा किन्न सक्दैनन्। त्यसैले रहर हुँदाहुँदै पनि महँगो फोन किन्न नसक्नेहरू धेरै छन्। त्यसैलाई मध्यनजर गरेर सामसङले किस्तामै मोबाइल किन्ने सुविधा ल्याएको छ। त्यो पनि बिना ब्याज।

अघिल्ला सीरिजमा जस्तै सामासुङले नयाँ सिरिज ‘सामसुङ एस २३ सिरिज’का फोनहरुपनि किस्तामा किन्न सक्ने अफर ल्याएको छ।
सामसङका यी मोबाइल किन्दा ग्राहकले किस्ताबन्दी सुविधा डेढ वर्षसम्म पाउँछन्, त्यसको कुनै ब्याज तिर्नु पर्दैन।

ग्राहकले बजारमा जुन मूल्यमा फोन पाउँछन्, त्यही मूल्यमा किस्तामा पाइन्छ। बैङ्किङ प्रक्रिया पनि सहज छ। छिटो छरितो रूपमा त्यहाँबाट पनि फोन लिन सकिन्छ। त्यसमा पनि कुनै ब्याज तिर्नु पर्दैन।

सामसङले बहुप्रतिक्षित आफ्नो सबैभन्दा उत्कृष्ट स्मार्टफोन, सामसङ ग्यालेक्सी एस २३ लाई सार्वजनिक गरेको छ। जुन नेपालका बजारमा उपलब्ध छ। ग्यालेक्सी एस २३ सिरिजका ग्यालेक्सी एस २३, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ अल्ट्रा सामसङ तपाईँलाई महँगो लागेमा किस्तामा किन्न सकिन्छ।

वेबसाइटमा गएर वा नजिकैको सामसङ शोरुमहरुमा फोनको प्री–अर्डर गर्न सकिने छ। प्री–अर्डर फागुन १० गतेसम्म वा स्टक रहेसम्म मात्र गर्न सकिने छ। फोन प्रि अर्डर गर्दा विभिन्न आकर्षक उपहार पाइने सामसङले जनाएको छ।

 

ग्यालेक्सी एस २३ अल्ट्रा (१२+५१२ जीवी) को मूल्य २ लाख ९ हजार ९९९, ग्यालेक्सी एस २३ अल्ट्रा (१२+२५६ जीवी) को मूल्य १९१ हजार ९९९, ग्यालेक्सी एस २३ प्लस (८+२५६ जीवी) को मूल्य १ लाख ५१ हजार ९९९, ग्यालेक्सी एस २३ बेस (८+२५६ जीवी) को मूल्य १ लाख २७ हजार ९९९ रुपैयाँ तोकिएको छ।

एस २३ सिरिज शून्य प्रतिशत ब्याजदरमा मासिक न्यूनतम किस्ता ने.रु.६४०० बाट सुरु भई उपलब्ध छ। सामसङले एक पटकको लागि ब्रेकेज इन्सुरेन्स एक वर्षको लागि उपलब्ध गराएको छ। सामसङ फोनहरू अपग्रेड गर्न इच्छुक ग्राहकहरूलाई उनीहरूको मोबाइलको लागि बढीमा रु.८००० सम्मको लाभ प्रदान गर्ने गरी साट्ने अवसर पनि दिएको छ।

ग्यालेक्सी एस २३ सिरिजमा असाधारण क्षमताका क्यामराहरू जडान गरिएका छन्। जसले ग्राहकहरूलाई कुनै पनि लाइटिङमा फोटोहरु र भिडियोहरू खिच्नका लागि अगाडि र पछाडिको दुवै क्यामरा प्रयोग गर्न मिल्छ, फ्युचर–रेडी मोबाइल गेमिङ्गको अनुभव दिलाउँछ। यो एको फ्रेन्ड्ली डिभाइस हो जसको निर्माणमा पहिलेको भन्दा दुई गुणा बढी recycled  गरिएका सामग्रीहरू प्रयोग भएको छ।

 

क्यामेरा

सामसङ ग्यालेक्सीको अत्यन्त उत्कृष्ट क्यामराले प्रयोगकर्ताहरूलाई उनीहरूको सृजनशीलता जस्तै: ट्रान्सफरमेटिभ एआइको साथमा वास्तवमै सिनेम्याटिक नाइतोग्राफि भिडियोहरू खिच्ने कलालाई प्रदर्शन गर्ने व्यापक स्वतन्त्रता प्रदान गर्दछ।

सामसङ ग्यालेक्सीमा– पहिला, ग्यालेक्सी एस२३ अल्ट्रामा व्यापक अपग्रेड गरिएको एडप्टिभ पिक्सल २०० मिलियन पिक्सल सेन्सर छ, जसले अतुलनीय प्रिसिजनका साथ एपिक क्षणहरूलाई क्याप्चर गरिदिन्छ। यसले एक पटकमा उच्चतम रिजोलुसनका धेरै स्तरहरूलाई साथ दिन पिक्सल बिनिङ्ग प्रयोग गर्दछ।

हिजोआज हामीले आफूलाई कसरी प्रस्तुत गर्छौँ भन्न सेल्फी क्यामराको महत्त्व ज्यादा भएकोले ग्यालेक्सी एस२३ अल्ट्रा, ग्यालेक्सी एस२३+, र ग्यालेक्सी एस२३ ले छिटो अटाे फोकस हुने र पहिलो ग्यालेक्सी सुपर एचडिआर सेल्फी क्यामरा प्रस्तुत गरेको छ, जुन ३० एफपिएसबाट एकै पटक ६० एफपिएसमा पुगेको छ, जसले तीक्ष्ण रूपमा फ्रन्ट फेसिङ फोटोहरू र भिडियोहरू खिच्न सहज बनाउँछ।

ग्यालेक्सी एस२३ अल्ट्रामा भएको एस पेनले टाइमर सेट नगरेरै ग्रुप फोटो खिच्न सहज बनाइदिन्छ। सबै प्लेटफर्महरूमा कुविक सेरेका साथ उच्च रिजोलुसनका फोटोहरू आदानप्रदान गर्ने सुविधा भने छ।

प्रोसेसर

ग्यालेक्सी एस२३ सिरिजका कुनै पनि डिभाइसमा अधिक शक्तिशाली चिपसेट जडान गरिएको छ। क्वालकोमसंगको नजिकको सहकार्यका साथ यसले ग्यालेक्सीको लागि स्न्यापड्रागन ८ जेन २ मोबाइल प्ल्यात्फोर्ममा प्रदान गरेको छ, जसले फ्युचर–रेडी मोबाइल गेमिङ्ग अनुभव र शक्तिशाली दिगो गेम प्ले उपलब्ध गराउँछ। साथै जिपियुले रे ट्रेसिङ्ग मोड्युललाई सक्षम बनाउँछ, जसले पिसिमा जस्तै वास्तविक गेमिङ्ग अनुभव दिन्छ।

डिस्प्ले

ग्यालेक्सी एस२३ अल्ट्राको एक्सपानसिभ  डिस्प्ले ग्यालेक्सी स्मार्टफोनमा उत्कृष्ट र उज्यालो भिजुअल अनुभव दिन्छ। ग्यालेक्सीमा भएको युनिक इन्हान्सद कम्फोर्टले तपाईँलाई मधुरो प्रकाशमा तपाईँको आँखामा स्क्रिन निझाउन मद्दत गर्दछ किनकी ग्यालेक्सी एस२३ सिरिजको कन्ट्रास्ट अनुपातहरू आँखामा तनाव कम गर्ने गरी डिजाइन गरिएका छन्।

उत्कृष्ट दृश्यावलोकनका लागि ग्यालेक्सी एस२३ को डिस्प्ले पहिलेको भन्दा उज्यालो छ। यसको माथिल्लो स्तर १७५० निट्स पुगेको छ। भिजन बूस्टरले उज्यालोपना र रङ्ग समायोजनका साथ वातावरणको प्रकाशलाई अनुकूल बनाउने कम्पनीको दाबी छ।

डिजाइन र टिकाऊ

एस २३ सिरिजका नयाँ स्त्यन्डर्ड सेटिङ आविष्कारहरू एक आकर्षक डिजाइनका साथ तयार पारिएका छन्, जसमा कुनै पनि ग्यालेक्सी स्मार्टफोनको अझ पुनः प्रशोधित पदार्थहरूका साथ सामसङको दिगो प्रतिबद्धता झल्किन्छ। एस २३ सिरिज युएल इकोलागो प्रमाणित छन्, जसले उत्पादित सामान वातावरणीय असर कम पार्नका लागि सक्षम छन् भन्ने प्रमाणित गर्दछ।

एक पटक मात्र प्रयोग हुने प्लास्टिकहरू हटाउन ग्यालेक्सी एस२३ सिरिजले एक दिगो स्रोतको रूपमा रहेको १०० प्रतिशत पुनः प्रशोधित कागजबाट पुन निर्मित बक्समा प्रयोग गरिएको छ।

ब्याट्री

ग्यालेक्सी एस २३ मा दिनभर सजिलै चल्ने शक्तिशाली ब्याट्री छ। ग्यालेक्सी एस२३ र ग्यालेक्सी एस२३ प्लसमा स्लिक डिजाइनलाई यथावतै राख्दै अब २०० एम ए एच द्वारा वृद्धि गरिएको ठुलो ब्याट्री रहेको छ।

ग्यालेक्सी एस २३ अल्ट्रामा ५००० एम ए एच ब्याट्रीको शक्ति छ, जसबाट स्ट्रिम, गेम, स्क्रोल, फिल्म हेर्न र विविध कार्य सजिलैसँग हुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved