तत्कालै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्न मोबाइल वितरक संघको माग

नेपालभ्युज

तत्कालै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्न मोबाइल वितरक संघको माग

काठमाडौं । नेपाल मोबाइल वितरक संघले मोबाइल व्यापार–व्यवसायको विभिन्न क्षेत्रमा देखिएको समस्या समाधान गर्न तत्कालै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) प्रणाली लागू गर्न सरकार तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

संघले बुधबार पत्रकार सम्मेलन गर्दै  नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी रूपमा मोबाइल फोनहरूको आयात हुने समस्यालाई नियन्त्रण गर्न लागू गर्ने भनेको एमडिएमएस प्रणालीलाई व्यवस्थित तरिकाले अघि बढाउन संघले माग गरेको हो।

एमडिएमएस लागू भए अवैध तरिकाले नेपाल भित्रिएका वा सिस्टममा दर्ता नभएका कुनै पनि मोबाइल फोन चल्दैन। उक्त प्रणालीको उचित व्यवस्थापन र कार्यान्वयन भएमा अपराध नियन्त्रणमा समेत यसले मद्दत पुर्‍याउँछ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष दिनेश चुल्याद्योले भने, ‘एमडिएमएस प्रणाली छिटोभन्दा छिटो लागू हुनुपर्‍यो। यो हाम्रो विरोध नभई अनुरोध हो ।’

‘तर योसँगै करिब १४ अर्ब बराबरको अवैधानिक वा भन्सार नतिरी विभिन्न तरिकाले फोनहरूको कारोबार भएको देखिन्छ। यसलाई रोक्नकै लागि एमडिएमएस प्रणाली लागू हुन आत्यावश्यक छ,’ उनले अगाडी भने ।

उनले  अवैध रूपमा भित्रिएका फोनहरूको बजारमा पार्ट्स नपाइने, फोन खरिदमा कुनै वारेन्टी नपाइनेदेखि कानुनी झमेलामा समेत पर्न सक्ने अवस्था आउने बताए

संघले एमडिएमएस लागू हुँदा वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा गएका नेपाली नागरिकले ल्याउने वा पठाउने फोनमा कुनै समस्या नआउने पनि बताएको छ।

‘एमडिएमएस प्रणाली नेपालमा भित्रिने फोनहरूको तथ्यांक राख्ने तथा नियमन गर्ने प्रणाली हो,’ उनले भने, ‘यो प्रणालीमा समस्या छैन। अहिले देखिएको समस्या नेपालको कर व्यवस्थामा हो।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved