परराष्ट्रमन्त्रीको टर्कीका विदेश मन्त्रीसँग टेलिफोन वार्ता, भूकम्पको क्षतिप्रति दुख व्यक्त

परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले टर्कीका विदेश मन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क गर्दै भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति समवेदना प्रकट गरेकी छिन्। बुधबार दिउँसो भएको टेलिफोन वार्तामा मन्त्री पौड्यालले घटनाप्रति दुख व्यक्त गर्दै नेपालको तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

नेपालभ्युज

परराष्ट्रमन्त्रीको टर्कीका विदेश मन्त्रीसँग टेलिफोन वार्ता, भूकम्पको क्षतिप्रति दुख व्यक्त

काठमाडौं। परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले टर्कीका विदेश मन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क गर्दै भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति समवेदना प्रकट गरेकी छिन्।

बुधबार दिउँसो भएको टेलिफोन वार्तामा मन्त्री पौड्यालले घटनाप्रति दुख व्यक्त गर्दै नेपालको तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

टेलिफोन वार्तामा परराष्ट्र मन्त्री पौड्यालले टर्कीमा रहेका नेपालीहरूलाई सुरक्षित क्षेत्रमा सारिदिन आग्रह समेत गरिन्। नेपालले २०७२ सालमा भूकम्पको विपद् व्यहोरिसकेकाले यस प्रकारको प्राकृतिक विपत्तिमा नेपाल सरकारको सदैव साथ रहने प्रतिबद्धता पनि परराष्ट्र मन्त्री पौड्यालले व्यक्त गरिन्।

टर्कीका विदेशमन्त्री मेबलुट चाबोश्वग्लुले अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा भूकम्पमा परेका नागरिकको उद्धार कार्य जारी रहेको जानकारी दिँदै उनले सहयोगका लागि नेपाल सरकारलाई समेत धन्यवाद व्यक्त गरे।

सोमबार बिहान टर्कीमा गएको ७.८ म्याग्निच्युटको भूकम्प गएको थियो भने त्यसपछि पनि बारम्बार परकम्प गइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved