सवारी प्रदूषण र दुर्घटना न्यूनीकरणबारे अध्ययन गर्न कार्यदल गठन

नेपालभ्युज

सवारी प्रदूषण र दुर्घटना न्यूनीकरणबारे अध्ययन गर्न कार्यदल गठन

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘सवारी प्रदूषण, सवारी सुरक्षा एवम् दुर्घटना न्यूनीकरण’ बारे अध्ययन गर्न एक कार्यदल गठन गरेको छ।

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको निर्णयअनुसार गठित उक्त सात सदस्यीय कार्यदलको संयोजक पूर्वसचिव शरदचन्द्र पौडेल छन्। कार्यदलले अध्ययनलाई प्रतिवेदनका रूपमा पेश गर्नेछ।

कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डा. पदमबहादुर शाही, यातायात विज्ञ मधुसूदन आचार्य र इन्जिनियर विजय गौतम सदस्य छन्।

यातायात व्यवसायी महासंघका अध्यक्ष वा प्रतिनिधिलाई समेत सदस्य तोकिएको उक्त कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक सदस्य सचिव रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved