लिभिङ टुगेदरमा बसेको भन्दै अन्तरवार्ता दिनेविरुद्ध करिश्माले दिइन् साइबर ब्युरोमा उजुरी

अभिनेत्री करिश्मा मानन्धरले आफू अमेरिकामा लिभिङ टुगेदरमा बसेको भन्दै  मानमर्दन हुने गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्। युट्युबमा अन्तर्वार्ता दिँदै हिँड्ने डिल्लीराम खनालविरुद्ध करिश्माले उजुरी दिएकी हुन्।

नेपालभ्युज

लिभिङ टुगेदरमा बसेको भन्दै अन्तरवार्ता दिनेविरुद्ध करिश्माले दिइन् साइबर ब्युरोमा उजुरी

काठमाडौं। अभिनेत्री करिश्मा मानन्धरले आफू अमेरिकामा लिभिङ टुगेदरमा बसेको भन्दै  मानमर्दन हुने गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्। युट्युबमा अन्तर्वार्ता दिँदै हिँड्ने डिल्लीराम खनालविरुद्ध करिश्माले उजुरी दिएकी हुन्।

करिस्मालाई जोडेर डिल्लीराम खनालले दिएको अभिव्यक्ति टिकटकमा समेत भाइरल बनिरहेको छ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारबाहीको माग गर्दै करिश्माले उजुरी दिएको ब्युरोका प्रवक्ता पशुपतिकुमार रायले बताए। करिश्माले फेसबुकमार्फत पनि उजुरी दिएको जानकारी गराएकी छन्।

युट्युबमा विभिन्न अन्तर्वार्ता दिएर भाइरल बनिरहेका खनालले करिश्मा लिभिङ टुगेदर बसेको भन्दै युट्युबमा अन्तर्वार्ता दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved