काठमाडौं । कवि तथा गीतकार वसन्त चौधरीले यो वर्षको ‘भ्यालेन्टाइन डे’ को दिन एकल कविता वाचन कार्यक्रम गर्ने भएका छन् ।
फेब्रुअरी १४ अर्थात फागुन २ गते ‘कवितासँग वसन्त’ नामक एकल वाचन कार्यक्रम हुन लागेको हो । ‘लभ इज इन दि एयर’ थिम रहेको यो कार्यक्रम काठमाडौंको मण्डला थिएटरमा हुने बताइएको छ ।
भ्यालेन्टाइन डेलाई विशेष बनाउन प्रेमिल कविता बाचनको कार्यक्रम आयोजना गरिएको हो । उक्त अवसरमा उनले एक दर्जन भन्दा धेरै प्रेमिल कविता प्रस्तुत गर्ने छन् ।
यही अवसरमा उनका दुईवटा पुस्तक ‘मेरा गीत’ तथा ‘जीवनमन्त्र–२’समेत लोकार्पण गर्ने कार्यक्रम राखिएको छ । यी मध्ये एउटा गीत तथा अर्को सुक्ति संग्रह हो ।
चौधरीले केही वर्षअघि विश्व काव्ययात्राको आयोजना गरी विभिन्न देशमा पुगेर प्रेमिल कविता प्रस्तुत गरेका थिए । केही समयअघि उनका ८५ वटा कविताको संग्रह ‘तिमीबिनाको म’ सार्वजनिक भएको थियो ।
Facebook Comment
Comment