९ वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही, ५० लाख रुपैयाँका दरले जरिवाना

नेपालभ्युज

९ वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही, ५० लाख रुपैयाँका दरले जरिवाना

काठमाडौं। नेपाल राष्ट्र बैंकले नौवटा वाणिज्य बैंकका सीईओ तथा अध्यक्षलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकले माछापुच्छ्रे बैंकका सीईओलाई पुँजी पर्याप्तताको यथार्थ विवरण पेस नगरेको भन्दै केन्द्रीय बैंकले सचेत गराएको छ भने सानिमाले तत्कालीन सीईओ भुवन दाहाललाई थप सेवा सुविधा दिएको भन्दै सचेत गराइको छ ।

यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन तथा नियम उल्लंघन गरेको आरोपमा प्रभु बैंक, कुमारी बैंक,  प्राइम कमर्सियल बैंक र तत्कालीन बैंक अफ काठमाडौंलाई ५० लाख रुपैयाँका दरले जरिवाना गरेको राष्ट्र बैंकले जनाएको छ ।

केही बैंक भने कारबाहीमा दोहोरिएका छन् । केन्द्रीय बैंकले तत्कालीन नेपाल इन्भेस्टमेन्ट बैंक (हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक), माछापुच्छ्रे र सिभिल बैंकलाई ऋणीलाई दिएको कर्जामा नियमविपरीत पुन: प्रिमियम दर वृद्धि गरेको भन्दै सीईओलाई सचेत गराएको छ ।

यस्तै, नबिल बैंकलाई ग्राहक पहिचानसम्बन्धी व्यवस्था कार्यान्वयन नभएको भन्दै सचेत गराइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved